चैत्र १० गते,०७४।
आज देशको मुल्भुत रुपमा चर्चा पाएको विषय प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून व्यवस्थाको माग विषयले तिव्रता पाएको छ। आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कित हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।
जनताको वहुदलिय अभिमतको प्रयोग गरेर सदन वाट ८०% हिन्दु भएको देशमा धर्म निरिपेक्षता पारित गरिएको पाईन्छ। यस्को मत्लब धर्म निरिपेक्ष आफैमा गलत छ भन्न पनि खोजिरहेको छैन । मात्र वर्तमान परिस्थिति सृजना गर्ला र संघिय संरचनाले भुभाग टुक्रीदा मनोभावले राष्ट्रियता मजवुद्द वनाउन पर्न समयमा यसले हिंसात्मक दोन्दात्मक रुप लिनसक्ने र राष्ट्रियता कम्जोर पार्न प्रवल सम्भावना देखिन्छ । इसाई पुर्व ३९९ मा सुक्रातलाई “राज्यका युवाहरु वहकाईएको र भड्काइएको” आरोपमा ५०० जना एथेन्स वासिहरुको भोटिङ्ग अनुशार मात्र २,३ भोटले गल्ती गरेको पक्षको वहुमत परिणामको आधारमा दोषी ठ्हर गर्दै व्यवस्था वमोजिम फाँसी दिइयो। यस सन्दर्भले हामिलाई यो पाठ दर्साउछ कि हाम्रो संसदिय व्यवस्थामा १८ वर्ष पूरा भएका नागरिकले मताधिकारको प्रयोग गर्न पाउने छ। तर १८ वर्ष पूरा गरेका नागरिक सवै मताधिकारको सहि प्रयोग गरि प्रतिनिधित्व चिन्न सक्षम छौ ?? अवस्य छैनौ तसर्थ पनि मतधिकार प्रयोग गर्दै गरेका सवै नागरिकमा मताधिकार सम्बन्धि दक्ष,सोचवुझ र निर्णय गर्न सक्ने क्षमता हामी जनतामा हुनुपर्दछ।

आजको यो सन्दर्भले यति कुरा त प्रष्ट संग छर्लङ्ग पार्दछ कि कि त हामी मताधिकारको सहि प्रयोग गर्न सकिएन र गलत व्यक्ती प्रतिनिधित्व गर्न पठाएउ ? या त हामिले प्रतिनिधित्व गराएर पठाएका नेताले वास्तविक जनताको अर्थात हाम्रो प्रतिनिधित्व गरेनन र सदन धर्म निरिपेक्षता पारित गरे।
जनताको वहुदलिय अभिमतको कुरा गर्दा प्रसंगले अर्थात वर्तमान समय,देखिएको समस्या र कम्निष्ट सरकारको सन्दर्भले अर्को प्रश्न उब्जाउछ ? संसार बाट अलगिएको कम्निष्ट शासन वयवस्था यो देशमा किन रह्यो यो प्रशन आज विश्व सामु उत्सुकता छ । कम्निष्ट शासन व्यवस्थामा मताधिकार प्रयोग गर्न कुनै व्यवस्था जनतामा देखिन्छ, राज्यको सम्पुर्ण संयन्त्र सिमित व्यक्तिको अधिनमा रहन्छ। नेपालको परिवेश र विश्व सामु कम्निष्ट शासन वयवस्था निहाल्दा नेपालमा साम्यवादीको जन्म राष्ट्रियताको कारणबाट बन्दुकको नाल वाट भएको हो तर अन्य देशमा भोकमरी र गरिबी वाट उत्पत्ती भएको थियो अर्थात,

यो देसमा प्रजातन्त्र पछि राजको गद्दी अट्न नदिईएको होईन यो त केबल जनाधिकार अपहरण गर्न राजलाई कार्वाही सोरुप लोकतन्त्र उपहार जनताले आफैले पाएका \ ल्याएका हुन।
क.मदन भण्डारीले माक्र्सवादि विचारधार लाई परिस्कृत गर्दै नेपालको सन्दर्भ लाई सुहाउदो तत्कालिन समयले मागेको निश्पक्ष न्यायलय र जनअधिकार लागि प्रतिनिधित्व गरेको नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक वहुलवाद लाई साब्दिक अक्षर फरक पार्दै “जनताको वहुदलिय जनवाद” एकलौटी ढ्ङ्गको राजकिय व्यवस्था र कम्निष्ट शासन वयवस्था भन्दा पर गै जनताको वहुमतको आधरमा शासन गर्नु पर्न व्यवस्थामा गएकै कारण कम्निष्टलाई जनताले स्विकार्दै नेपालमा जन्मेको हुनाले अरू देशका साम्यवादीहरूसँग नेपालका साम्यवादीको चरित्र मिल्दैन। र संसार वाट वाहिरिएको कम्निष्ट शासन व्यवस्था आज नेपालमा रहिआएको छ।
जनताको भावना विपरित जाने जुनसुकै निर्णय हामिलाई मान्य हुने छैन हिजोको पञ्चायत,राणा,राजा भनौं या सर्वाहार वर्गको मुक्तिको लागि जनताको लास लाई भर्याङ्ग वनायर सदन पुग्ने १० वर्षिय ससक्त दोन्द्दले हामी करिव ६४ वर्ष खर्च गरेउ अत: क्रान्तिको लागि लगानी गरिसक्यौ,र उक्त क्रान्तिले वोकेको जन अपेक्षा पनि दिन प्रतिदिन वढ्दो छ। वि.पि कोइरालाले देखेको प्र समाजवाद, क. मदन भण्डारीको जनताको वहुदलिय जनवादको समाजवाद होस या माअओवादिको प्रचण्ड पथको वहुदलिय समाजवाद किन नहोस
समाज र राष्ट्रले समाजवादको लाभांश प्राप्त गर्नु पर्न समयमा तिनै क्रान्तिको व्याजले पार्टीहरु सास फेरिरहेको परिस्थिति हाम्रो लागि दुर्भाग्यको विषय हो।
आजका वामपन्थी अभियन्ता कम्निष्ट विचार धारका अभियनता प्रचण्डले हाम्रो कम्निष्टको धर्म त क्रीस्चियन हो हिन्दु धर्म त सामान्तिहरुको हो भन्ने अभिव्यक्ति होस या प्रदेश ३ का उपसभामुख राधिका तामाङसहित तामाङ अगुवाको टोलीले गाईको मासु काटेर खान पाउने कानून बनाउमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादलले राधिका तामाङसहित तामाङ अगुवाको टोलीको प्रस्ताव कानून प्रतिबद्धता जनाएका विषय आपत्ति जनक छ। नेपालको परिवेशमा ८०% हिन्दु वाहुल्यता भएको देशमा,गाईको माहात्मयताको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा,राष्ट्रिय जनवार गाई भएको देशमा, साम्प्रदायिकता भड्काउना,जातिय,धार्मिक दोन्द निम्ताउने खालका विखण्डनकारि अभिव्यक्ति जनभावना विपरीत छ। यसमा अप्रत्यक्ष रुपमा अन्तरास्ट्रिय संघ संगठनहरुको मिडियामा देखिने विवादास्पद अभिव्यक्ति,चासोले पनि हस्तक्षप रहेको आभास हुन्छ। जन विस्वासको प्रतिनिधित्व सांसदले गरेको निर्णय जन अपेक्षा विपरित छ। हिजो राजाको तानाशाही प्रवृतिका कारण आज यो देशमा राजाको श्रीपेच अट्न दिएनौ आज संघिय समाजवादको लाभांश वाड्ने ढ्ङ्गले देश विकासमा कसरत गर्नु पर्न समयमा जनताले विस्वाश गररेर आफ्नो प्रतिनिधित्व गर्न पठाएको पात्रले पुन विखण्डनकारी सोच लिएर पुन तानाशाही श्रीपेच लगाउन खोज्छ भने यस्को हिसाब किताब जनताले अवस्यय गर्नछ्न।
-विवेक पराजुलि। (ने.वि.संघ पो.ले.म.नपा २३ , सचिव।) अध्यापन:स्नातक तह प्रथम वर्ष , व्यवस्थापन संकाय। (पृथ्वीनारायण क्याम्पस,भिमकालिपाटन पोखरा) सम्पर्क नं : ९८१७१०७७०७





0 Comments