Time

Ticker

6/recent/ticker-posts

सांसरिक सत्ता ~ विवेक पराजुली



हरेक घटनाहरु आधार बाट निर्देशित र घटित हुन्छ। मानिस आफ्नो सिमितताको जगमा असीमित सत्यताको खोजी गरिरहेको छ। हाम्रो अनुभवहरु अनुभुती गर्न यन्त्र इन्द्रीयको नियन्त्रण भित्र छ। ती घटना नियमित र प्राकृति छ, हाम्रो अनुभुतिको ग्रहणशिलताको सिमितताले त्यसलाई स्वभाविक वा आकास्मिकताको परिभाषित गरिरहेको हुन्छ। जे सत्य हो त्यो असत्यको जगमा छ अर्थात हामिलाई लाग्ने सत्यको नजिक पुग्न असत्यको अनुभव वा उक्त ग्रहणशिलताको सिमितता आधार कोरिरहेको हुन्छ। मानिस आफ्नो सिमितता भित्र असिमित कल्पनमा सहजताको सृजना मात्र गरिरहेको हुदैन असीमिततालाई सहजता सृजना गर्न सिमितताको घेरा (आदर्श, आधार ) खडा गरिरहेको पनि हुन्छ।
आधार, आदर्श वा मर्यादा हुनु भनेको सिमितताको सजगतामा सहजताको संकलन सञ्चालन तिर उन्मुख गराउनु पनि हो। जाव सापेक्षित सत्यता (objective truth) र वास्तविक सत्यता विचको मेलले अनुकुलता वा अनुभवको यथार्थता र पुर्वानुमानको नजिक वा भविष्यवाणिको सत्यतामा पुग्छ। र जव यसको बिपरित बेमेलले आकास्मिकता र आश्चार्यको भाव वा भागमा घटित हुन्छ। भनिन्छ, यो त्यो होइन तर यो त्यो हो किनकी त्यसको बिकल्प छैन। अर्थात कुनै कुराको सिमिततालाई तोड्न नसक्दा त्यसको अनुभूति नै अन्तिम सत्यता लागिरहेको हुन्छ, यथार्थमा यो त्यो हुदैन।


फेरि मानिस मानिस बिचनै आफ्ना सिमितता वा प्रत्गामिकताको सक्रीयताले अनुभुती बिभिधतामा बाँचिरहेको हुन्छ। यो बिभिधतानै समाजको गुण हो। मानिस कुनै व्यक्तिको अनुभुतीले आफुमा बदलाव निकाल्न सक्दछ तर त्यसलाई ती घटनामा अनुकुल परिणतिको अनुभव गर्न  मानव जगतलाई जागृत गर्नु पर्न हुन्छ। यो चित्रलाई चिरित्रले एकतृत गर्द आकार (आवृती) चिनिन्छ।

हाम्रो समाजले वा हाम्रो राजनीतिलाई उदेश्य प्राप्तिमा पहिला यी अनुभुतीको जगमा नियमहरुले नियन्त्रीत होइन निर्दशित हुनुपर्दछ। तब परिणामका सूक्ष्म संग्रहहरुले परिवर्तनका अनुभुतिको आकारहरु बढाईरहेको हुन्छ।

हाम्रो ती सिमितताको जटिलता भित्र संघर्षका बाधाहरु वा अवरोधहरु अर्थात् अहिले बाँच्नको लागि झेलिरहेका समस्याहरु मुद्रास्फीति , बेरिजगारी, .... इत्यादी छ्न। यसको अनुभव वा अबरोधको चोट बाट अनुभवको इन्द्रीयहरुले केही पृथक प्रयत्न र पहलले पद्धति बिकसित गरि सिद्धान्त सञ्चालित गरेको हुन्छ। 

Post a Comment

0 Comments