सुवर्णका स्वर्णिम ४ ज ; जीवन , जवानी, जिम्मेवारी र जवाफदेहिता (पारदर्शिता)
आखिर को हुन सुवर्ण ?
विवेक पराजुली
नेपाली काङ्ग्रेसका संस्थापक नेताहरु मध्य सबै भन्दा बिरल उच्चरण गरिने नाम हो सुवर्ण शम्सेर ! आज हामिलाई नेपाली काङ्ग्रेस र समाजवादको उच्चरण वा समाजवादको लक्ष्य सम्म प्रजातन्त्रको उदेश्य जुन प्रयत्न र पहल गरिरहेको छौ, पार्टीको बिरगंज महाधिवेशनबाट निर्वाचित अध्यक्ष शुवर्ण सम्सेरकै नेतृत्वमा प्रजातान्त्रिक समाजवादको अनुमोदन गरिएको हो।
• श्री ३ मोहन सम्सेरले (२००४ चैत्र ३१) नेपाली राष्ट्रिय काङ्ग्रेसलाई अवैध घोषणा गरेपछी नेपाल जस्तो मुलुकमा राणा शासन फाल्ने शसस्त्र संघर्षमात्र उपयुक्त हो भन्ने तर्कमा विपि (२००६ सालमा) सहमत हुनुभयो। २००६ चैत्र २७ गतेदेखी विपि र सुवर्ण रहेको दुवै दलको संयुक्त अधिवेशन मार्फत नेपाली काङ्ग्रेस पार्टिको निर्माण भयो जस्को कोषाध्यक्ष सुवर्ण सम्सेर हुनुभयो।
• आज राजनीतमा लाग्नु भनेको सम्पत्ति जोड्नु, सत्ता लाभ लिने आरोप खेपिरहेका नेतृत्व प्रतिको भाष्य झ्याङ्गिदो छ। तर २००६ सालमा क्रान्तिको निम्ति त्यतिवेला १ करोड रुपैया दान दिने नेता हुनुहुन्छ सुवर्ण जस्ले १०४ वर्ष राणा शासन ४ महिनाको ससस्त्र क्रान्तिमार्फत घुडा टेक्न सफल भएको थियो। अत: राजनीति लिनको लागि होइन दिन पनि रहेछ।
• नेता जो भए पनि फरक पर्दैन तर लक्ष्य फरक पर्नु भएन भन्ने मान्यता राख्ने सुवर्ण राजा संग मिलेर आफू सत्तामा बसीरहने लोभमा सत्तामोहमा मात्रीकाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस संस्थापक अध्यक्ष) र महाविर संसेर (सुवर्णका भाइ) सत्ता मोहमा फस्दा सुवर्ण निष्टाबाट अविचलित नेता हुनुहुन्छ ।
• सुवर्ण सम्सेरले आफ्नो सक्रीयतामा पार्टी बनाउदा महेन्द्र विक्रम साहालाई अध्यक्ष बनाए तर आफू कुनै पदमा बसेनन, पछि पार्टी एकीकरण हुँदा बिपि कोइराला केन्द्रिय सदस्य र सुवर्ण पार्टीको कोषाध्यक्ष बन्नुभयो पद जिम्मेवारीको हिसाबले खासै महत्त्वपूर्ण नरहेको पद समाल्नु भयो। अत: आज हामिलाई संस्था प्रती मतलब छ उदेश्य प्रती नभएको अवस्थामा यो महत्वपूर्ण उदाहरण र पाठ हो। अत: काम गर्न पद नै ठूलो हो पदमोहले गिजोलिएको वर्तमान राजनीतिमा जिम्मेवारी संगैको दायित्व जोडिएको हुन्छ। (धन्यवाद : Searose Vijaya Koirala )
• मन्त्री परिषदको अध्यक्ष एवंम अर्थमन्त्रीको नेतृत्व गरेका सुवर्ण देशकै पहिलो बजेट ( २००८ साल)को वजेट ल्याउने अर्थमन्त्री हुनुहुन्छ।
• नेपालको बजेट शुरु गर्नुभएको पहिलो अर्थमन्त्री सुवर्ण शमशेरले आयकर, सम्पत्ति करजस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरेका थिए। उनले ेपालमा आफ्नै मुद्रा स्थापित गर्ने, विनिमय दर निर्धारण गर्ने, शैक्षिक क्रान्तिका लागि एकै वर्षमा मुलुकभर १ हजार ६ सयभन्दा बढी विद्यालय स्थापना गरी ती विद्यालयका लागि आफ्नो बजेटमार्फत् रकम व्यवस्थापन गर्नुभएको थियो। (स्रोत: पुर्व अर्थमन्त्री डा. रामशरण महत)
• नेपाली काङ्ग्रेस जनकपुर महाधिवेशन(२००९ साल) को बेला सुवर्ण पार्टीका कोषाध्यक्ष तथा सरकारका अर्थमन्त्री थिए । त्यसबेला केही नेताहरूले पछि तिर्ने गरी हाललाई केही रकम सरकारी कोषबाट निकाल्न सल्लाह दिदा सुवर्णले त्यो कुरालाई मान्नुभएन । उहाँले पार्टी र सरकार अलगअलग निकाय भएकाले यस्तो गैरकानुनी काम गर्नु हुँदैन भन्नुभयो। अत: आर्थिक सम्मुन्नतिको जग पारदर्शिता, जवाफदेहीताको लागि जिम्मेवार बन्ने पाठ छ।
• राणा परिवारमा जन्मिए पनि १ सय ४ वर्ष राणा सासनको अन्त्य गर्न, हामिले प्राप्त गरेको संविधानको लागि जग कांग्रेसले संविधान सभा लगाएतको माग (२०१४ मङ्सिर २२) देखि भद्र अवज्ञा आन्दोलनलाई २०१५ जेठ २ गते सुवर्ण सम्सेरको अध्यक्षतामा सर्वदलिय चुनावी मन्त्रीपरिषदको गठन भयो। अत: यो सित्तैमा सौदावाजिमा आएको संविधान होइन यसलाई जिवनपद्दती संग जोड्दै जिवन्त राख्ने दायित्व तपाई हाम्रो हो। एउटा सामन्ती परिवारबाट आएको व्यक्तिको नेतृत्वले पार्टीलाई समाजवादी बनायो।
• कांग्रेसले बहुमत ल्याएको बखत (विसं २०१५ सालमा ) प्रधानमन्त्रीको लागि राजाले सुवर्णको नाम लिएको चर्चा बाहिर आउदा पनि बीपीलाई प्रधानमन्त्री बन्न सुवर्णले नै आग्रह गर्दै सुवर्णजीले खुलेर भन्नुभयो– बीपी यो तपाईको उपलब्धि हो र तपाई नै प्रधानमन्त्री बन्नुपर्छ । अत: सहभावमा समर्पण र त्याग संगै मिस्सिएको हुन्छ जस्ले प्रधानमन्त्री पद पनि निष्टाले हेर्यो सौदवाजिको नियत राखेन। आज रजनितिलाई शुद्ध र संगठित संस्कारयुक्त बनाउन उक्त सहभावको खाँचो छ।
• पार्टी नीतिबमोजिम जननिर्वाचित ( २०१६ पुस १९) सरकारले गते सबैभन्दा क्रान्तिकारी कदम उठायो— राजारजौटा र बिर्ता उन्मूलन । बिर्ता उन्मूलन अभियानको सुरुआत उपप्रधान तथा अर्थमन्त्री सुवर्णशमशेरले आफैंबाट गरे । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई साक्षी राखेर उनले आफ्नो १२ हजार बिघाको बिर्ता उन्मूलन गर्न प्रस्ताव गरे ।आफूसँग रहेको १२ हजार बिगा जग्गा सरकारलाई बुझाउने घोषणा गरी त्यो नीतिलाई शक्ति प्रदान गरे । अत: राजनीति अरुमा प्रयोग गरेर होइन अफैमा प्रयोग गरेर रुपान्तरणको तय गर्नुपर्छ ।
यिनै आदर्श पुरुष नेपाली काङ्ग्रेसका संस्थापक नेता, पहिलो बजेट ल्याउने अर्थमन्त्री, पुर्व प्रधानमन्त्री एवंम प्रजातान्त्रिक समाजवादको प्रणेता, आदर्श पुरुष शुवर्ण शमशेर राणाको ११३ औं जन्मजयन्तिको अवसरमा हार्दिक नमन सहित भावपुर्ण श्रद्धासुमन। यिनै विचारको विजरोपणले काङ्ग्रेस औलायो, यिनै गरिमा र गौरवले नेविसंघ रोज्यो श्रद्देय व्यक्तित्व प्रती पुन नमन !
#जय_नेपाल !!!
#१७_फाल्गुन_२०७९ ।
विवेक पराजुली
सचीव
ने.वि.संघ कास्की । ( Nsu Kaski )




0 Comments