नारि स्वभाव ६ स ; सहनसिलता, सरलता, सृष्टता, सौन्दर्यता, सौभाग्य र सालिनता
नारी दिवसको सुरुवात, नेपालमा नारी आन्दोलनको इतिहास र सुनिश्चितता ?
विवेक पराजुली
नारी सृष्टि हो, नारी प्राकृति हो, नारी सभ्यता र संस्कारको सृजना र जननी हो। परमपुज्य सबै मातृ शक्तिहरुमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस को शुभकामना।
**** नारी दिवसको सुरुवात कसरी भयो ? ****
• सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् ।
• त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।
• महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
**** नेपालमा महिला अधिकारको संघर्षको इतिहास ****
• विसं २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको हो ।भने महिलालाई मताधिकारको अधिकार भने विसं २००७ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो।
• राजाले प्रजातन्त्रको (२०१७) हरण गर्दा टुँडिखेलमा राजाविरुद्ध प्रदर्शन गर्दै कालो झन्डा देखाउने १६ वर्षे शैलजा आचार्य, जो नेपालको पहिलो महिला उपप्रधानमन्त्री एवं कांग्रसको पहिलो महिला उपसभापति बन्ने अवसर पाउनुभएको थियो। महिला हकअधिकारका लागि मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा उहाँको ठुलो योगदान छ ।
• नेपालमा महिलाको छुट्टै संगठन स्थापना गरी नारी शिक्षामा जोड दिने बीपी कोइरालाकी माता दिव्या कोइरालाको योगदान अमुल्य छ।
• जहाँनिय राणा शासन विरोधी आन्दोलनमा सक्रिय रहि २००४ सालमा नै नेपाल महिला संघको स्थापना गर्न मंगलादेवी सिंह तथा सहाना प्रधान, नेपालकी प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानी, शान्ता श्रेष्ठ, नोना कोइराला, मार्शलजुलुम शाक्य आदि जस्ता पुरानो पुस्ताका ऐतिहासिक नारीहरूका त्यग र समर्पणको इतिहास अतुलनीय र स्वर्णिम छ।
• नेपालमा प्रधानमन्त्री विपी कोइरालाको प्रधानमन्त्री कालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा पछि आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्रपंक्तिमा देखा पर्नु हो।
***** नेपालको कानुनमा नारिको हकको लागि व्यवस्था के छ ? ****
• पक्ष राष्ट्र भएको नाताले महासन्धीमा भएका सबै प्रावधानहरु पालना गर्नु राज्यको परम कर्तव्य हो। राज्यले अन्तर्राष्ट्रिय महासन्धीमा भएका व्यवस्थाहरुलाई घरेलु कानुनहरुमा आन्तरिकीकरण गर्न महिला सम्बन्धी अधिकारलाई कानुन र संविधानमा सुरक्षित गरेको छ।
• नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ।
• संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ। व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसूकोको रुपमा स्थापित गरेको छ।
#अन्तराष्ट्रीय_नारी_दिवस।
#मार्च_८।
नारी आन्दोलनका अथक यात्रीलाई हार्दिक नमन परमपुज्य सबै मातृ शक्तिहरुमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस को शुभकामना।
विवेक पराजुली
सचिव
ने.वि.संघ कास्की । ( Nsu Kaski )





0 Comments