Time

Ticker

6/recent/ticker-posts

एक दृष्टिकोण; समाज र संरचना~ विवेक पराजुली



हरेक परिस्थिति उक्त परिवेशको स्थितिको सुचक हो। र हरेक स्थिति त्यहाँको नेतृत्वको मुल्यांकन पनि हो। किनभने समाजको वस्तुस्थितिको चेतनाले नेतृत्व जन्मिएको हुन्छ। जब नेतृत्वले कुशलता पुर्वक समाजलाई गति दिइरहेको हुन्छ तब उ नेतामा रुपान्तरण हुन्छ। अर्थात नेता बनेपछि नेतृत्वदायी भुमिकामा होइन नेतृत्वदायी भुमिकाले नेता स्थापित गराईरहेको हुन्छ। तसर्थ भनिन्छ एउटा कुशल नेताले संकटलाई सामना गरेर सहज वातावरण सृजना गर्दछ तर एउटा सासकले संकटलाई सृजना गरेर आफू स्थापित हुने औंजुद खोजिएरहेको हुन्छ।

हाम्रा संस्थाहरु किन अन्योलमा छ ?

लोकतन्त्रको जन्म मतदाताको मतको अधिकारमा मात्र हुँदैन उम्मेद्बारले नतिजाको सहज स्विकार्योक्तिमा पनि हुन्छ। आजको मुलभुत समस्या सबै लोकतान्त्रिक बन्नु परेको छ तर पराजय स्विकार्य छैन। जहाँ पराजय (हार) को नतिजालाई निस्तेज गरेर निर्वाचन गरिएको हुन्छ त्यहाँ यथार्थमा लोकतन्त्र बाँचिरहेको हुदैन। माथी भनिएको शासक बाँचिरहेको हुन्छ। शासकले जन्माउने संकट हो। आज यसैको पेरिफेरिमा रहेर राजनीतिका केही आधारभुत तत्वहरु प्रती मनोवादको एउटा दृष्टिकोण, संरचना र सम्भावनाको सरलीकरण गर्न प्रयत्न गर्दैछु।

रुजवेल्ट ठान्दछ्न निरन्तर समस्या सुल्झाउने दायित्व सरकारको हो। के जीवन पनि आफैमा आर्को भावना (मन र मस्तिष्क)को सत्ता वा सरकार होइन र ? एउटा समाज र समाजमा बस्ने मानिसको उच्चतम आकांक्षा के हो ?

हरेक समाज आफ्नो सबलता र सम्पन्नताको लागि संघर्ष गरिरहेको हुन्छ। समाजका ठागुहरुले राजनीतिलाई यसरी ठिम्राईसके कि यो अर्थहिन र बेरसिलो बनाइएको छ। त्यसैले समस्या र आलोचनालाई केन्द्रमा राख्दा वाहिवाही प्राप्त गर्दछ। व्यक्तिगत जीवन त चुनौतीपूर्ण छ भने यो (राजनीति) आफैमा जटिल पनि छ। पहिलो समझ यसमा हुनुपर्छ । 

यदि जिवनलाई एउटा मान्यता, सर्त, नियम वा परिधिको विन्दु मानिदिने हो भने त्यसको अर्को बिन्दुले हरेक समस्यालाई एउटा समझको सरल रेखिय आकृती सृजना गर्दछ।

जीवन, जगत र समाज संग राजनीति जोड्न पनि त्यो आकृति अत: वस्तुगत भएर बुझ्नु अपरिहार्य हुन्छ। राजनीतिशास्त्रको लागि जति समाजशास्त्रको आवस्यकता छ। त्यति समाजशास्त्रको लागि मानवशास्त्र र जीव विज्ञान। आध्यात्मले मानिसलाई अन्तरमनको विज्ञानलाई प्रयोग होइन परिक्षण गर्दछ तर बिडम्बना अहिले आध्यात्म देखावटी , ढोङ्गी, धोकाधारी र बैमानिको अस्त्र बन्नपुगेको छ।

यसलाई सुक्ष्म र मिहिन ढ्ङ्गले हेरिदिने हो भने इमानदार प्रयत्न र इरादाले पनि थुप्रै परिवर्तनको प्रत्याभूति दिलाउदछ।

                                   °°°°°°               
राज्यले लगाउने चस्मले राज्य(जनता) लाई हेर्दा राज्य जस्तै देखिनुपर्दछ, सबै समान हुन तर केही अझ समान छ्न भन्ने तर्कले नियम बस्दैन। कुनै पनि राजनीति सिद्धान्त बेगर चल्दैन त्यो चलाउनुको पहिलो सर्त व्यवाहारिकता हो। त्यसको लागि नेतृत्व समाज र राष्ट्रसंग प्रष्ट रहनु अपरिहार्य हुन्छ।

                                   °°°°°°               

म नेता हुने मेरो लक्ष्य होइन, म सधैं त्यो अवस्थामा खुशी र आनन्दित रहन्छुकी जब नेतृत्वले माथी जोडिएको समाज संगको सम्बन्ध स्थापित भैदिए यसबाट म हमेशा अलग र टाढानै रहन रुचाउँछु। म केमा पनि स्पष्ट छु भने एक समयमा एउटा नेतृत्व हुन्छ र त्यो समयले जन्माउदछ। समयको नियतिलाई निर्णयमा बदल्दा असल प्रतिनिधित्व पात्र प्रयाप्त हुन्छ। फेरि दोहोर्‍याए, एउटा पुस्तालाई परिवर्तन गर्न एउटा पुस्ताको सहि नेतृत्व अप्रयाप्त कत्ति पनि हुदैन। त्यसको लागि सचेत सहयात्रीको साथ त्यसको मुल्य र महत्व आवस्यक छ।



                                   °°°°°°                               

नेतृत्वको सवालमा नेतृत्व संग अरु विशेषता न्युनतम भएपनि हुन्छ। तर अपरिहार्य सर्त व्यवस्थापकिय क्षमता, स्वप्नद्र्ष्टा र कार्यनयन गराउने क्षमता अपरिहार्य सर्त लाग्दछ। व्यवस्थापकिय क्षमता नहुदा वर्तमानको समस्या सुल्झिदैन सुध्रीदैन र स्वप्नद्रष्टा नहुदा लक्ष्य सम्म वा यथास्थितिलाई गतिशीलता प्राप्त हुन पाउदैन। त्यसपछि त्यसलाई कार्यन्यन गर्न इरादा वा असल मक्सद ठान्दछु। यसले (जवाफदेहीता, जागरुकता, न्याय र उपलब्धि) जोड्ने मात्र होइन उन्नत गर्न प्रयत्न गर्दछ।

                                   °°°°°°                               
संगठन सामुहिक भावना अझ सत्भावनाको सकारात्मक प्रयत्न गर्न स्थल(स्पेस) हो। व्यक्ति सिमितताको क्षमताले बाँचेको हुन्छ। सामुहिक क्षमताको विशेषता जोडेर नै पुर्ण प्रयत्नको निखारताले नविनता ल्याउन संगठन अपरिहार्य हुन्छ। त्यसैको अन्तर्य र आवस्यकता हो संगठन ।

नेविसंघ कास्कीको सचिव बाट अलग रहँदा सबैभन्दा अत्यासलाग्दो क्षण थियो। छोटो समय परिणाम कसरी र कुन रुपले हेर्न ती व्यक्तिका मुल्यांकन थियो तर आफ्नो इमानदार इरादारा प्रयत्न थियो। केही मेरा व्यक्तिगत सिमितता थिए तर कदापी संगठन प्रती कुनै संझौता थिएन। मैले त्यो दिन सम्झन्छु कुनै सकारात्मक परिणाम निकाल्न नसक्ने हो भने त्यसमा रहने जरुरत नहुनु सामान्य कुरा रह्यो । तर धेरै सुवेच्छुकले नैतिकताको आधारमा बाहिर निस्केको सन्देश दिनु भयो । एक जना साथिलो बाँड्नु भयो कि सबै योग्य सफल हुदैन्न सबै सफल अयोग्य हुदैनन् । यश प्रशंग जोड्नुको तात्पर्य अन्यर्थ नभै  म परिणाम निकाल्ने सन्दर्भ तल्लो तह सम्म नैतिकताको पिंध (न्युनतम मात्र) र आत्मसमिक्षा  असफलताको आत्मागलानी धेरै थियो। आज त्यसलाई फर्कदा ती दिन र आफ्नो निर्णय थोरबहुत सहि र त्यसको क्रेडिट संगतको वातावरण पनि हो।

                                   °°°°°°                      
धर्म: आज धर्मको नाममा संशार यति धेरै विखण्डित, विभाजित र विद्रोहित छ। के धर्म पछिको नियती यति धेरै कुर्‍र, यातनायोग्य र हिंसात्मक रहेको हुन्छ ? सवै धर्ममा धर्म भित्र मानवता कुन कोणमा हुन्छ थाहा छैन तर यति कुर्‍र, निन्दनीय र यो नियति दोहोरीरहनु पर्न हो भने हाम्रो तथाकथित सभ्य पुस्ताले अर्कोको लागि छाड्दिने संसार एउटा चिहान घर र मानवता मरेको चिहानघर भित्रको शक्ति सञ्चयको लागि लडिरहेको चिडियाघरको रूपमा देशहरू परिणत हुन्छ्न ।

धर्मको विषयमा मेरो दृष्टिकोण मेरो बुझाइले भ्याए सम्म आफुलाई शुद्धिकरण गर्दै धारणा योग्य बनाउदै समाज सम्म जोडिरहनु हो र यसमा मेरो लागि सबै भन्दा अन्तिम र न्युनतम वा पहिलो सर्त मानवता हो। त्यस पछि बल्ल स्वतन्त्रता ।

                                   °°°°°°                               
स्वतन्त्रता :  त्यसकारण म जसरी जिवनलाई सर्तको परिधिले हेर्दछु। ठिक त्यसै गरि स्वतन्त्रताको हक पनि अराजकताको हद भित्रै ठान्दछु। अत: स्वतन्त्रता स्वच्छन्दता रहनु हुदैन।

                                   °°°°°°             
लोकतन्त्र: लोकतन्त्र त्यही स्वतन्त्रताको अधिकारको सुनिश्चितता हो जस्ले नागरिकमा अधिकार र दायित्व संग जोडिनुको साथै विवेकशिलताले समाज परिस्कृत बनाइरहेको हुन्छ।

के अनुकुलको नतिजा मात्र स्विकार गर्न लोकतान्त्रिक चरित्र बन्न सक्दछ ?
एउटा असल लोकतान्त्रिक त्यो हो जस्ले नतिजा स्विकार्न सक्दछ। आजको सवैभन्दा ठूलो चुनौती बोलिमा लोकतान्त्रिक तर व्यवाहारमा हार स्विकार नगर्न नसक्ने र परि आए निर्वाचन नै निस्तेज गर्न पछि नहट्ने देखिएको छ।

                                                     °°°°°°       
लोकतान्त्रिक प्रतिस्पर्धा :  लोकतन्त्रको गुण नै स्वच्छ प्रतिस्पर्धा हो। प्रतिस्पर्धाको परिपाटी यस्तो बनिरहेको छ कि एकले अर्कोलाई दुत्कार्न, आरोप लगाउने, भौतिक आक्रमण गर्न आदि छ्न। के प्रतिस्पर्धा संगठनको आन्तरिक वा वाह्य सवालमा यसलाई परिभाषित र पुनर्निर्माण गर्न अपरिहार्य छैन ? आजको मुलभुत समस्या र चुनौती पनि यो हो कि लोकतान्त्रिक शक्ति वा नेतृत्वको उस्को चरित्र कस्तो अङ्गिकार गरेको छ। संवाद राजनीतिमा बिद्रोह वा बिमतिको अन्तिम बिन्दु विमर्श र बहसको बिकल्प हो। हिंसाले समाजमा द्वन्दको क्रान्ती त ल्याउला जनमानसमा शान्ती र स्थायित्वको लागि बहस नै संवादको अन्तिम बिन्दु र विकल्प हो। यसलाई भाषिक मर्यादा र सद्भाव सहित जिवन्त राखिरहनु पर्दछ।

                                                     °°°°°°         
संस्कृतिको सन्दर्भमा समाजलाई सम्पन्नता आफ्नो इतिहास र सभ्यता संग परिचय दिईराख्ने सुचक हो। यसमा पनि सबै भन्दा टिठलाग्दो के लाग्दछ भने संस्कृति र अर्थतन्त्रको सम्बन्ध स्थापित गराउन नसक्नु हो। जसले ग्रामीण समाजको उन्नयन र मौलिकता जोडिदा अझ चिरञ्जीवी प्राप्त गर्दछ। पहिचान र प्रतिनिधित्व भाषा र संस्कृतिको आधारमा हुनुपर्छ जातको आधारमा होइन। र कुनै पनि भाषा र संस्कृति कुनै पात्र विशेषको होइन साझा सम्पत्ति हो। कसैको धर्म र आस्थाको विषय व्यक्ती विशेषको नैसर्गिक अधिकार हो । त्यसलाई उपयोग स्वतन्त्रता हो र सवैको कार्यन्यनको जड (जोड) माथी भनेजस्तै मानवतालाई केन्द्र हो।

                                   °°°°°°                               
अन्त्यमा मृत्यु, म चाहान्छु जिवनको अन्तिम लक्ष्य मृत्यु नहोस् त्यस अगाडि नै टुकडी (Detachment) होस।


Post a Comment

0 Comments