हरेक समाज सम्पन्नताको यात्रा तय गर्न संघर्षरत रहन्छ। पानीको पहुँच पुर्वधार (सडक, सञ्जाल) संगै आधुनिक कृषि प्रविधिहरूको प्रयोगले निरन्तर सहज बन्दै गएका छन्। तर अझै पनि परनिर्भरता हाम्रो ठूलो चुनौती हो। वन व्यवस्थापनमा आएको सामुदायिकरणले स्थानीय समुदायलाई स्रोतसाधनको स्वामित्व, उपयोग, र संरक्षणको अवसर प्रदान गरेको छ। सरकारको उदारीकरण नीतिसँगै वन अब केवल सरकारी सम्पत्ति मात्र नभएर समुदायकै भविष्य निर्माणको आधारशिला बन्न पुगेको छ। पुस्तौंसम्म हस्तान्तरण हुँदै जाने यो अधिकार समुदायकै हातमा सुरक्षित छ, जसले दिगो व्यवस्थापन र व्यवसायिक प्रयोगको ढोका खोल्छ। अब प्रश्न उठ्छ—कसरी सामुदायिक बनलाई अझ व्यवस्थित, उत्पादनशील, र व्यवसायिक बनाएर यसको अधिकतम लाभ उठाउन सकिन्छ?
नेपालको पहाडी भूभागमा काठ बेचेर मात्र आम्दानी गर्न सकिँदैन। उचाइ ८२३ मिटर देखि १२४१ मिटरको उष्ण-उपोष्ण (Sub-Tropical Climate) क्षेत्रमा वातावरणीय सन्तुलन जोगाउँदै दीर्घकालीन आम्दानीको स्रोत विकास गर्नु अत्यावश्यक छ। पहाडमा काठ बेचेर आम्दानी हुदैन, वातावरणलाई पनि ध्यान दिनुपर्छ। व्यक्तिगत प्रयोजनको लागि अधिकतम flexible (लचकता), व्यवसायिक प्रयोजनको लागि नियमन र दायरा बढाउदै आम्दानीको मार्ग प्रसस्त गर्नुपर्छ। सामुदायिक वनको व्यवस्थापनलाई व्यवस्थित, व्यावसायिक, र दिगो बनाउन केही महत्वपूर्ण रणनीतिहरू अवलम्बन गर्न आवश्यक छ। ८२३ मिटर देखि १२४१ मिटर उचाइको क्षेत्र औषधीय तथा आयुर्वेदिक उत्पादनको लागि अत्यन्त उपयुक्त छ। यसले स्थानीय समुदायको आर्थिक विकास, इको-टुरिजमको प्रवर्द्धन, र पर्यावरणीय संरक्षण गर्न मद्दत गर्छ। केही महत्वपूर्ण रणनितिहरु तमसिल छ्न।
१. चयनात्मक रुख कटानी (Selective Logging):
सामुदायिक वनमा जथाभावी रुख कटानले जैविक विविधता नष्ट गर्छ। त्यसैले Selective Logging पद्धति अपनाउनु पर्छ। वृद्ध, रोगग्रस्त, वा कम उत्पादनशील रुखहरू हटाएर वनको पुनरुत्पादन क्षमतामा सुधार ल्याउन सकिन्छ।
२. सिल्भिकल्चरल प्रणाली (Silvicultural System):
वनको प्रकृति र उद्देश्यअनुसार सही Silvicultural System लागू गर्नुपर्छ। उदाहरणका लागि, यदि वन प्राकृतिक रूपमा विकसित भएको छ भने Selection System प्रयोग गर्दा पुनरुत्पादनको दर बढ्छ र जैविक विविधता सुरक्षित रहन्छ।
३. कृषि-वानिकी (Agroforestry) को प्रवर्द्धन:
सामुदायिक वन क्षेत्रभित्र Agroforestry अपनाउँदा माटोको उर्वराशक्ति बढ्छ, वातावरण सुरक्षित रहन्छ, र आम्दानीका स्रोतहरू विविधीकरण गर्न सकिन्छ। उदाहरणका लागि:
-तेजपत्ता, अलैंची, अम्रिसो, एभोगाडो जस्ता (cashcrops) नगदे बाली सामुदायिक वन क्षेत्रमा लगाउन सकिन्छ।
(दीपाङ ताल क्षेत्रमा अम्रीसो खेती तथा अर्मलामा अलैंची खेती सफल उदाहरणहरू हुन्।)
क) औषधीय तथा आयुर्वेदिक उत्पादनका सम्भावना अध्ययन:
१. औषधीय तथा जडीबुटीका बालीहरू
अलैंची (Cardamom) – पाचन सुधार, एन्टिअक्सिडेन्ट, मसला, तेल उत्पादन
तेजपत्ता (Bay Leaf) – मधुमेह नियन्त्रण, पाचन सुधार, मसला, औषधीय चिया
चिराइतो (Swertia Chirayita) – ज्वरो, मधुमेह, लिभर रोगका लागि प्रभावी
टिमुर (Sichuan Pepper) – पेटको समस्या समाधान, एन्टिब्याक्टेरियल
अमलासो (Broom Grass) – माटो संरक्षण, पशु आहार
बोजो (Acorus Calamus) – घाँटी, छातीको रोग, स्नायु तन्त्र सुधार
लौरो (Cinnamomum Tamala) – रक्तचाप नियन्त्रण, एन्टिअक्सिडेन्ट
अदुवा (Ginger) – पेट समस्या, मसला, चिया, औषधि
हर्रो, बर्रो, अमला (Triphala) – पाचन सुधार, रोग प्रतिरोधक क्षमता वृद्धि
गिलोय (Guduchi/Tinospora Cordifolia) – इम्युनिटी बूस्टर, ज्वरो नियन्त्रण
पुदिना (Mint) – पाचन सुधार, एन्टिसेप्टिक, चिया, तेल
धतुरो (Datura) – दम, छाला रोग, दर्द निवारण
४. व्यवसायिक प्रयोजनका लागि नियमन र लचकता:
सामुदायिक वनको उपयोग गर्दा व्यक्तिगत प्रयोजनका लागि लचकता प्रदान गर्नुपर्छ, तर व्यवसायिक प्रयोजनका लागि नियमन र दायरा तोक्न आवश्यक छ। यसले वन दोहन रोक्छ र दीर्घकालीन आम्दानीको सुनिश्चितता गर्छ।
५. वातावरणीय सन्तुलन र दिगो उपयोग:
वन व्यवस्थापन गर्दा वनस्पतिको पुनरुत्पादन सुनिश्चित गर्दै जलवायु परिवर्तन, माटोको संरक्षण, र वन्यजन्तुहरूको आश्रयस्थल संरक्षण गर्ने दिशामा ध्यान दिनुपर्छ।
६. एग्रो पर्यटनको उपयोग;
क) स्काईवाक (Skywalk) र ट्री ब्रिज (Tree Bridge)
Canopy Walk जस्तै अग्लो पुलहरू, जहाँ पर्यटकहरूले जङ्गलको दृश्य रमाइलो गर्न सक्छन्। हाम्रो भुगोल र पहाडी जङ्गलहरूमा यस्तो संरचना बनाउन सम्भावनाको अध्ययन।
ख) जंगल भ्यू टावर (Jungle View Tower)
अग्ला रूखहरू वा पहाडमा उच्च अवलोकन टावर, जसले वन्यजन्तु तथा प्रकृति हेर्ने सुविधा दिन्छ।
बर्ड वाचिङ, सूर्यास्त/सूर्योदय अवलोकन गर्न उपयुक्त।
ग) ट्री हाउस (Tree House) र जंगल होमस्टे
रूखमाथि बनाइएको होटेल वा रेस्टुरेन्ट, जहाँ पर्यटकले जङ्गलको अनुभव लिन सक्छन्।
वन्यजन्तु अध्ययन, ध्यान-योग, रिसोर्ट पर्यटन को लागि उपयोगी।
घ) जंगल ट्रेल्स (Jungle Trails) र नाइट सफारी सम्भाव्यता अध्ययन:
जंगल भित्र प्राकृतिक पदमार्ग (Nature Trails) निर्माण गर्ने।
गाईडेड नाइट सफारी, जहाँ पर्यटकहरूले रातिको समयमा जङ्गली जनावर अवलोकन गर्न सक्छन्।
निष्कर्ष:
सामुदायिक वनलाई व्यवस्थित, व्यवसायिक, र दिगो बनाउन वैज्ञानिक पद्धति र स्थानीय जनशक्तिको उचित संयोजन आवश्यक छ। Selective Logging, Silvicultural System, Agroforestry, Agrotourism र वातावरणीय सन्तुलन जस्ता उपायहरू अपनाउँदा वन स्रोतको दीर्घकालीन उपयोग र उत्पादन बढ्छ। यसले वातावरण संरक्षण मात्र होइन, ग्रामीण भेगको आर्थिक समृद्धिमा पनि योगदान पुर्याउँछ।
- Top
- Home-icon
- Article
- Critiques
- THEMATIC OPENION
- Politics
- __नेपाली कांग्रेस
- __नेकपा
- __नेविसंघ
- __Video Documentation
- Site
- Miscellaneous
- __ Astrology
- __मुक्तक
- __कबिता
- __कथा
- __यात्रा
- __गतिबिधि
- ___जिवन शैली
- __खेलकुद
- __घटना
- __कृषि
- __विश्व
- __विज्ञान/प्रविधि
- __बितिय/पैसा
- Links
- __photoshop
- __Lunac
- __Background Remover
- __Image Re-size
- _मेरो सेयर Result
- __Kumari Securities broker no 1
- __Thrive Securities
- __Create Portfolio
- __Share Sell/Buy Calculator
- __Search PAN Details
- _आजको सुन चाँदी मुल्य
- _ड्राईभिङ्ग अनलाईन फर्म
- _Shoter Url
- _Police clearance Report
- _नेपाली युनिककोड
- _नेपाली टाईपिङ्ग
- Upanishad
- __Kathoupanishad
- Queries




0 Comments